धरानमा नक्कली नोटको कारोबार गर्ने गिरोह सकृियः ६ जना पक्राउ पछि सार्वजनिक



धरान । जाली नोटको कारोबार गर्दै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ६ जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सुराकीका आधारमा धरान १३ का राज राई, प्रकाश बुढाथोकी, धरान ११ का दिवस राई, धरान १९का मनिष राई र धरान ७ का मिनकुमार राईलाई सार्वजनिक गरेको छ भने एकजनाको अनुसन्धान जारी रहेको भन्दै सार्वजनिक गरेको छैन ।

धरान १३ का राज राई र प्रकाश भण्डारीले धरान १३ मै रहेको चिया पसलका एक बृद्धा महिललाई नक्कली रकम दिएर ठगी गरेको सुराकी धरान प्रहरीले सूचना पाएपछि खोजी कार्य तिब्र बनाएको प्रहरीले राज र प्रकाशलाई फागुन २८ गते धरान १३ बाट नै प्रक्राउ गरेपछि यसका अन्य गिरोह प्रहरीले प्रक्राउ गर्न सफल भएका हो ।

उनीहरुकै बयानका आधारमा आज दिवस, मनिष र मिनकुमारलाई प्रहरीले धरान ७ मा रहेको क्लालिटी कलर ल्याबबाट नक्कली एक हजारको जाली नोट फोटो कपी प्रिन्ट गर्दे गरेको अवस्थामा प्रक्राउ गरेको हो । उनीसँगै ल्यावका सञ्चालक रिमेश शाक्यलाई प्रक्राउ गरे पनि उनी यसमा संलग्न भए नभएको स्पष्ट नभएका कारण उनलाई प्रहरीले सार्वजनिक गरेको छैन ।

उनीहरुको साथबाट ४ वटा फोटोकपी गरेका १ हजारका जाली नोट र कलर फोटोकपी मेसिन १ थान समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

उनीहरुले धेरै अगाडिदेखि सर्वसाधारणलाई बेकुव बनाएर नक्कली नोट बजारमा ल्याएको अनुसन्धानबाट खुलेको डिएसपी पौडेलेले जानकारी दिनुभयो । पछिल्लो पटक जाली नोट प्रयोग गर्ने राज राई र प्रकाश भण्डारीको सहायतामा प्रहरीले क्वालिटी कलर ल्याबमा एक हजारको नोट फोटोकपी गर्दै गरेको अवस्थामा प्रक्राउ गरेको हो । नक्कली एक हजारको नोट बनाउन यी दुईको सहायतामा मनिष राईलाई प्रयोग गरिएको थियो भने उनीहरुसगै नोट फोटोकपी मिनकुमार राईलाई समेत प्रहरीले प्रक्राउ गरेको थियो । उनीहरुले एक हजारका नोटका दुवै साइड फोटोकपी गरेर टास्ने गरेको प्रहरीको भनाई छ ।

प्रक्राउ परेकाहरुलाई मुलुकी ऐनको जाली नोट खोटाटक महल अनुसार कारबाही हुने डिएसपी पौडेलले बताउनुभयो । कुनै पनि सक्कली नोट फोटोकपी गर्ने काम अवैध रहने नेपाल राष्ट्रिय बैंकको नियमावलीमा समेत उल्लेख छ ।

सम्बन्धित समाचार