खाँदबारीका मेयर खतिवडालाई मातृशोक लगत्तै पितृशोक




खाँदबारी । खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडा मातृशोकमा पर्नुभएको नवौं दिनमा पितृशोकमा पर्नुभएको छ । केही दिनदेखि बिराटनगरमा उपचाररत उहाँको बुवा बद्रीनारायण खतिवडाले शुक्रबार ९५ बर्षको उमेरमा पहाप्रस्थान गर्नुभएको हो ।

पेट सम्बन्धी समस्या भएको उहाँको बुवालाई अस्पतालको सघन कक्षमा राखेर उपचारई गराईरहेको थियो । उपचारकै क्रममा उहाँको बुवा परलोक हुनुभएको हो । मेयर खतिवडाको आमा पनि ९ दिन अघि ९३ बर्षको उमेरमा परलोक हुनुभएको थियो ।

सम्बन्धित समाचार