सङ्खुवासभामा एसईईको तयारी पुरा



सङ्खुवासभा, चैत ६ गते । चैत ८ गतेदेखि सुरु हुने एसईई परिक्षाको सङ्खुवासभामा सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सोमबार विहान परिक्षाका केन्द्रध्यक्षहरुलाई अभिमुखिकरण तालिम दिई कार्यक्षेत्रमा पठाईएको जिल्ला शिक्षा कार्यालय सङ्खुवासभाले जनाएको छ । उत्तरपुस्तीकाहरु यस अघि नै केन्द्रमा पुगिसकेको र प्रश्नपत्र भने केन्द्राध्यक्षको साथमा पठाईएको जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेलले बताउनुभयो । नजिकका परिक्षा केन्द्रहरुमा भने मंगलबार विहान पठाईएको उहाँले जानकारी दिनुभयो ।

सङ्खुवासभामा यस बर्ष दुई हजार पाँच सय ४ जना विद्यार्थीहरु एस ईई परिक्षामा सहभागि हुँदै छन् । दुई हजार पाँच सय ८४ जना परिक्षार्थीहरुले फारम भरेकोमा ८० जना विद्यार्थीहरु अयोग्य ठहरिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत केशव भट्टराईले जानकारी दिनुभयो । यस बर्ष एक परिक्षा केन्द्र थपिएर १५ वटा केन्द्रबाट परिक्षा लिइदै छ ।

सम्बन्धित समाचार