चैनपुरमा प्रदेश स्तरिय मेयरकप फुटबल प्रतियोगिता हुने




संखुवासभा, चैत ७ गते । चैनपुर नगरपालिकाले चैनपुर नगरपालिका मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले आगामी बैशाख १५ गते उद्घाटन गर्नेगरी १ नं प्रदेश स्तरीय चैनपुर नगरपालिका मेयर गोल्डकप फूटवल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

चैनपुर नगरपालिका स्थित संखुवासभा बहुमुखीक्याम्पसको खेलमैदानमा सञ्चालन हुने सो गोल्डकप १ नं. प्रदेशका विभिन्न जिल्लाबाट फुटवल खेलाडीहरु सहभागी हुन आउने आयोजकले जनाएको छ । खेल नकआउटको आधारमा खेलाइने बताईएको छ ।

सो खेलको पुरस्कार राशी पहिलोलाई ३ लाख ३ हजार ३ सय ३३, दोस्रो २ लाख २ हजार, २ सय २२ र तेस्रो पुरस्कारर १ लाख १ हजार १ सय ११ रहने नगरपालिका वैठकले निर्णय गरेको मेयर भरतकुमार खत्रीले जानकारी दिनुभयो । खेल मैदानको मर्मत एवं तोकिएको समयमै खेल सञ्चालनको लागितयारीमा जुट्न शुरु गरिसकेको समेत मेयर खत्रीले वताउनुभयो ।

सम्बन्धित समाचार