अरुण तेश्रोका मेनेजरको खोलामा डुबेर मृत्यू



सङ्खुवासभा, १० चैत । आज दिउसो सभाखोलामा पौडी खेल्ने गएका अरुण तेश्रो परियोजनामा कार्यरत सिनियर मेनेजरको पानीमा डुबेर मृत्यू भएको छ । दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर ३५ बर्षिय गौरव नेगीको मृत्यू भएको हो ।

पौडी खेल्ने क्रममा पानीमा डुवेका गुरुङलाई तत्काल प्रहरी र उनका साथीहरुले पानीबाट निकालेर तुम्लीङटार स्थीत मनकामना अस्पतालमा उपचार गर्न लैजाने क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । भारतको हिमाञ्चलन प्रदेश स्थायी घर भएका गुरुङ करिव एक बर्षदेखि अरुण तेश्रो परियोजनामा कार्यरत थिए ।

सम्बन्धित समाचार