शिलिचोङलाई करोड बढी मुल्यको निशुल्क जग्गा




सङ्खुवासभा, चैत ११ गते । सङ्खुवाभसको शिलिचोङ गाउँपालिकाको प्रयोजनको लागि एक करोड मुल्य भन्दा बढीको करिब २० रोपनी निशुल्क जग्गा प्राप्त भएको छ । गाउँपालिकाको केन्द्र ताम्कुमा विभिन्न कार्यालयको भवन स्थापनको लागि स्थानीय पाँच जनाले निशुल्क जग्गा प्रदान गरेका हुन् ।

साविक ताम्कु गाविस वडा नम्बर १ ताम्कु मुलगाउँ, हाल शिलिचोङ गाउँपालिका ३ ताम्कु स्थीत फुलकुमारी मेवाहाङले २२ लाख ४० हजार मुल्य वराबरको साढे ४ रोपनी निशुल्क जग्गा प्रदान गरेका छन् । त्यस्तै, सोही गाउँका चन्द्रकुमार मेवाहाङले २५ लाख बराबरको ५ रोपनी, सुरेशकुमार मेवाहाङले २९ लाख बराबरको ४ रोपनी, चिम्रे मेवाहाङले २५ लाख बराबरको ५ रोपनी र कैलाश कुमार मेवाहाङले १० लाख ६४ हजार रुपैयाँ बराबरको साढे १ रोपनी निशुल्क जग्गा प्रदान गरेका हुन् ।

दाताहरुबाट प्राप्त भएको निशुल्क जग्गा गाउँपालिकाको नाममा राजिनाम गरिसकिएको शिलिचोङ गाउँ कार्यपालिका सदस्य विनोद मेवाहाङले जानकारी दिनुभयो । ताम्कुको शुक्रबारे बजार परिषरमा अझै पनि स्थानीयले निशुल्क जग्गा दिने भएको र अव चाँडै राजिनाम पास दिने अर्का कार्यपालिका सदस्य नरभुपाल मेवाहाङले जानकारी दिनुभयो । गाउँपालिका र अन्य विषयगत कार्यालयहरु निर्माण गर्न दाताबाट निशुल्क रुपमा प्राप्त हुने जग्गा नै पर्याप्त हुने उनीहरुले बताएका छन् ।

सम्बन्धित समाचार