यसरी बन्दैछ ‘नाई नभन्नू ल’ को पाचौं सिक्वेल



काठमाडौँ,चैत्र ११ गते । नेपालमा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाई नभन्नू ल’ को पाचौं सिक्वेल आउने भएको छ । ‘नाई नभन्नू ल ५’ को काठमाडौँको मैतीदेवी मन्दिरमा शनिबार शुभारम्भ पूजा गरिएको छ ।

निर्देशक विकासराज आचार्यले निर्माण र निर्देशन गर्ने ‘नाई नभन्नू ल ५’ को चैत्र १२ गते बाट छायांकन हुनेछ साथै अभिनेत्री प्रियंका कार्की र बालकलाकार अनुभव रेग्मीले निरन्तरता पाउनेछन् ।

फिल्म प्रदर्शनको तयारी २०७५ को भदौ ८ गतेलाई गरिएको छ । फिल्ममा बुद्धि तामांग,अभिषेक नेपाल, स्वस्तिमा खड्का, जयनन्द लामा, दिलिप रायमाझीसमेत प्रमुख भूमिकामा देखिनेछन् ।

सम्बन्धित समाचार