रेजिना कपको फाईनलमा सङ्खुवासभा र भोजपुर



संखुवासभा र झापा विचको प्रतिष्पर्धात्मक खेल । तस्विरः नवराज राई

सङ्खुवासभा, चैत २९ । संखुवासभाको सुर्य आवाशिय माध्यमिक बिद्यालय खाँदबारीको आयोजनामा जारी एक नं। प्रदेश स्तरिय अन्तर जिल्ला दोश्रो रेजिना रनिङ्गशिल्ड भलिवल प्रतियोगिताको फाईनलमा सङ्खुवासभा र भोजपुर पुगेका छ । विहिबार भएको खेलमा झापालाई पराजित गर्दै सङ्खुवासभा फाईनलमा पुगेको छ भने सुनसरीलाई हराउदै भोजपुरले संखुवासभासँगको फाईनल खेल पक्का गरेको हो ।

सङ्खुवासभाले ३–२ को अन्तरले झापालाई पराजित गरेको थियो भने भोजपुरले सुनसरीलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगिताको तेश्रो स्थानको लागि शुक्रबार विहान ११ बजे झापा र सुनसरी विच प्रतिस्पर्धा हुनेछ । फाईनल खेल दिउँसो १ बजे सुरु हुनेछ ।

विजेताहरुलाई शुक्रबार नै पुरस्कार वितरण गरिने आयोजक सुर्य बोर्डिङले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद एक लाख, एकसय रुपैयाँ सहित एक सय दश तोलाको चाँदिको रनिङ्ग शिल्ड र प्रतिखेलाडी तिन तोला चाँदिको मेडल सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दितिय हुने टिमले नगद पचास हजार, शिल्ड, प्रमाणपत्र र प्रतिब्यक्ति दुईतोला चाँदिको मेडल प्राप्त गर्नेछन् ।

तेश्रो हुने टिमले नगद तिस हजार, शिल्ड, प्रमाणपत्र र प्रतिखेलाडी एक तोला चाँदिको मेडल पाउनेछन् ।

सम्बन्धित समाचार