विप्लपको धम्कीपछि पाँचखपन ८ र ९ को वडा कार्यालय बन्द



बैशाख ३, सङ्खुवासभा । बिप्लप कार्यकर्ताले संखुवासभाको पाँचखपन नगरपालिकाको ८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालय नखोल्न धम्की दिएपछि कार्यालय बन्द गरिएको छ । कार्यालय खोले जनकारबाही गरिने भन्दै धम्की दिएपछि कार्यालय खुलेको छैन ।

विप्लपका कार्यकर्ताहरुले गत चैत २९ गते राती पाँचखपन नगरपालिका स्थीत चुङखुरुङमा रहेको संयुक्त वडा कार्यालय परिसरमा झन्डा गाड्दै कार्यालयको साइन बोर्डसमेत लगेको वडा नम्बर ८ का वडा अध्यक्ष छत्र न्यौपानेले जानकारी दिनुभयो । अनिश्चितकालका लागि भन्दै वडा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । बिपलपका कार्यकताले विभिन्न नम्बरबाट फोन गर्दै कार्यालय खोले कडा कारबाही गर्ने धम्कीसमेत दिएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

यसै विच पिप्लपका कार्यकर्ताको धम्कि पछि बन्द भएको कार्यालय खोल्नको लागि त्यस क्षेत्रमा सुरक्षा टोली खटाईएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । तर, वडा कार्यालयहरुमा सुरक्षाकर्मी पुगेपनि अझै कार्यालय खुलेको छैन । बन्द गरिएको कार्यालय कर्मचारीले खोल्दा जोखिम आईपर्ने भएकोले सुरक्षाकर्मीहरुको उपस्थिती भएपनि कार्यालय नखोलीएको बताईएको छ । सो अवस्थामा सुरक्षाकर्मीले नै कार्यालय खोले सहज हुने पाँचखपन नगरपालिका कार्यालयका मेयर विपिन राईले बताउनुभयो ।

सम्बन्धित समाचार