मृगौला प्रत्यारोपण गर्न सहयोगको अपेक्षा




सङ्खुवासभा, बैशाख ८ गते । सङ्खुवासभाको सभापोखरी ६ स्वाचीका कविता विश्वकर्माको दुवै मृगौलाले काम नदिएपछि उपचारको लागि उनको परिवारले आर्थिक सहयोगका याचना गरेका छन् । एक बर्षअघिबाट विरामी परेका विश्वकर्मालाई उपचारको क्रममा नेपाल र भारतको विभिन्न अस्पतालमा लगिएपनि उपचार हुन सकेको छैन ।

विरामी विश्वकर्माको मृगौला प्रत्यारोपण गर्नु पर्ने डाक्टरले भनेपनि उपचार खर्च नभएपछि थप उपचार गराउन नसकेको विरामीको श्रीमान विजय सिगाउरेले बताउनुभयो । मृगौला प्रत्यारोपण गर्न महँगो पर्ने भएकोले अव सम्पुर्ण शुभचिन्तकहरुबाट सहयोगको याचना गरेको सिगाउरेको भनाई छ । अव देश विदेशमा बस्नुभएको शुभचिन्तकहरुले सहयोग गरे उपचार गर्न सक्ने उहाँ बताउनुहुन्छ ।

सहयोग रकम सङ्कलनको लागि ‘मनकामना मिडिया ग्रुप’ का अध्यक्ष कुमार तामाङ्को संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति पनि गठन गरिएको सिगाउरेले जानकारी दिनुभयो । समितिमा सञ्चाकर्मी कविन लिम्बुसँगै कुशुम तामाङ, यसोदा विश्वकर्मा र स्वयं सिगाउरे रहेका छन् । अव चाँडै समितिको नाममा बैंक खाता खोलेर सङ्कलन भएको रकम जम्मा गरिने बताईएको छ ।

सम्बन्धित समाचार