पत्रकार महासंघ संखुवासभाद्वरा क्षमता अभिबृद्धि तालिम




संखुवासभा, बैशाख १० गते । पत्रकार महासंघ संखुवासभा शाखाले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई क्षमता अभिबृद्धि तालिम दिएको छ । खाँदबारी नगरपालिकाको सहयोगमा महासंघले सञ्चार कर्ममा लाग्ने नयाँ सञ्चारकर्मीहरुलाई लक्षित गरि दुई दिने तालिम दिएको हो ।

आईतबार र सोमबार दिईएको तालिममा ३० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको क्षमतामा विकास गर्ने उद्देश्यका साथ तालिम दिईएको जिल्ला शाखाका अध्यक्ष ईन्द्र गिरीले बताउनुभयो । जिल्लामा पत्रकारीतामा लाग्न चाहनेहरुको संख्या बढ्दो भएपनि बिषयगत ज्ञान कम भएकोले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

संखुवासभामा अहिले ७ वटा रेडियो सञ्चालनमा छन् । नियमित रुपमा दुई वटा साप्ताहिक पत्रिकाहरु प्रकाशन हुँदै आएका छन् । त्यस्तै एक वटा अनलाईन पत्रिका सञ्चालन भईरहेको छ । उक्त सञ्चार संस्थाहरुमा कार्यरत सञ्चारकर्मीहरुलाई महासंघले तालिम दिईएको हो ।

सम्बन्धित समाचार