प्रदेश स्तरिय महिला भलिवलमा सर्वाधिक अंक सहित संखुवासभा फाईनलमा



संखुवासभा, १२ बैशाख । मेची नगर नगरपालिका झापाको आयोजनामा भईरहेको एक नम्बर प्रदेश स्तरिय आमन्त्रित महिला भलिवर प्रतियोगितामा उच्च अंकका साथ संखुवासभा फाईनलमा प्रवेश गरेको छ । ६ जिल्लाका महिला टिमहरुको सहभागितामा जारी प्रतियोगितामा सर्वाधिक १४ अंक सहित संखुवासभा फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा सङ्खुवासभा सहित ताप्लेजुङ, धनकुटा, झापा, मोरङ र सुनसरीको सहभागिता रहेको छ । लिगको आधारमा खेलाईएको खेलमा सङ्खुवासभाले चार टिमलाई सोझो सेटमा हराएको छ भने झापालाई २–१ अन्तरले पराजित गरेको छ । फाईनल खेलमा झापासँग संखुवासभाले बुधबार दिउँसो प्रतिष्पर्धा गर्नेछ ।

खाने र बस्ने ब्यवस्था आयोजकले नै गरेको प्रतियोगिताको विजेताले नगद २५ हजार सहित मेडल, प्रमाणपत्र पाउने छन भने उपविजेताले १५ हजार सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

सम्बन्धित समाचार