प्रदेश एक स्तरिय महिला भलिवलमा संखुवासभा बन्यो च्याम्पियन




झापा, बैशाख १२ गते । मेची नगर नगरपालिका झापाको आयोजनामा आज सम्पन्न भएको एक नम्बर प्रदेश स्तरिय महिला भलिवल खेलको उपाधी संखुवासभाले जितेको छ । जिल्लाका महिला टिमहरुको सहभागिता रहेको आमन्त्रीत भलिवल प्रतियोगितामा झापालाई ३–१ ले हराउँदै संखुवासभा विजेता बनेको हो ।

प्रतियोगितामा संखुवासभासँग पराजित भएसँगै झापा उप विजेतामा सिमित बन्न पुगेको छ । विजेता बनेको सङ्खुवासभाले नगद २५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता झापाले १५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस बर्षको प्रतियोगितामा सङ्खुवासभा सहित ताप्लेजुङ, धनकुटा, झापा, मोरङ र सुनसरीको सहभागिता रहेको थियो । लिगको आधारमा खेलाईएको खेलमा सङ्खुवासभाले चार टिमलाई सोझो सेटमा हराएको थियो भने झापालाई २–१ अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको थियो ।

यो सँगै संखुवासभाले पुर्वाञ्चल स्तरिय महिला भलिवलमामा चौथो च्याम्पियन जितेको छ । यसअघि नै सोलुखुम्बु, विराटनर र ताप्लेजुङमा भएको पुर्वाञ्चल स्तरिय खेलमा विजेता बनिसकेका छन् ।

 

 

सम्बन्धित समाचार