चैनपुर मेयर गोल्डकपको सम्पुर्ण तयारी पुरा (खेल तालिका सहित)




संखुवासभा, १२ बैशाख । बैशाख १५ गतेबाट हुने एक नम्बर प्रदेश स्तरिय प्रथम चैनपुर नगर मेयर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक चैनपुर नगरपालिकाले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

बैशाख २१ गते सम्पन्न हुने खेलमा संखुवासभा सहित ८ जिल्लाको १२ टिमले सहभागिता जनाउने भएको हो । प्रतियोगितामा संखुवासभा सहित उदयपुर, धनकुटा, भोजपुर, सुनसरी, ओखलढुङ्गा, तेह्रथुम र मोरङको सहभागिता रहने छ । प्रतियोगितमा सहभागि हुनेहरुको खेल तालिका समेत सार्वजनिक गरिएको छ । दुई पोलमा खेलाईने खेलमा पहिलो पोल तर्फ बेलाका नगरपालिका उदयपुर, आयोजक चैनपुर नगरपालिका, षडानन्द नगरपालिका भोजपुर, धनकुटा नगरपालिका धनकुटा, धर्मदेवी नगरपालिका संखुवाससभा र खाँदबारी नगरपालिका विच प्रतिष्पर्धा हुने छ ।

त्यस्तै दाश्रो पोलमा दुहवी नगरपालिका सुनसरी, पाँचखपन नगरपालिका संखुवासभा, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, मादी नगरपालिका संखुवासभा, म्याङ्लुङ नगरपालिका तेह्रथुम र उर्लावारी नगरपालिका विच प्रतिष्पर्धा हुने । एक हप्तासम्म सञ्चालन हुने प्रतियोगितालाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगिताको खेल तालिका–

सम्बन्धित समाचार