मासिक सय रुपैयाँमा अंग्रेजीबाट पढाई




सङ्खुवासभा, बैशाख १३ गते । मासिक सय रुपैयाँ शुल्क लिने गरि सङ्खुवासभाको खाँदबारीमा विद्यालय खुलेको छ । अंग्रेजी माध्ययमबाट पढाउने गरि समता फाउण्डेशनले खाँदबारी–१ देवकोटा चोकमा विद्यालय स्थापना भएको हो ।

सवैका लागि शिक्षा भन्ने नाराका साथ यस बर्ष नर्सरीदेखि एक कक्षासम्म पढाई सुरु भएको विद्यालयका ब्यवस्थापक रुद्र पोखरेलले जानकारी दिनुभयो । पहिलो बर्ष भएकोले सवै भन्दा पहिले भर्ना गर्नेलाई प्राथमिकता दिईएको छ भने अर्को बर्षदेखि निश्चीत कोटामा छनौट गरि भर्ना लिईने पोखरेलको भनाई छ । यस बर्ष एक सय ९० विद्यार्थीहरुको भर्ना लिईएको छ । समता स्कुलमा कक्षा तीनसम्म शिक्षिकाहरुले मात्र पढाउने बताईएको छ । आगामी बर्षदेखि कक्षाहरु थप गर्दै लगिने पोखरेलले जानकारी दिनुभयो ।

विद्यालयको सम्पुर्ण ब्यवस्थापन खर्च समता फाउण्डेशनले उपलब्ध गराउने जानकारी दिईएको छ । हाललाई भाडामा लिईएको भवनमा विद्यालय सञ्चालन गरिएपनि भावि दिनमा आफ्नै भवन निर्माण गरेर विद्यालय सञ्चालन गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार