चैनपुर मेयर गोल्ड कप सुरु, आयोजकको विजयी सुरुवात



फुटबलबल हस्तान्तरण गर्दै मुख्यमन्त्री राई

सङ्खुवासभा, बैशाख १५ गते । जिल्लाको चैनपुर नगरपालिकाको आयोजनामा १ नं. प्रदेश स्तरिय प्रथम चैनपुर मेयर गोल्ड कप फुटबल प्रतियोगिता सनिबारबाट सुरु भएको छ । प्रतियोगितालाई प्रदेश एकका मुख्यमन्त्री सेरधन राईले उद्घाटन गर्नुभएको छ ।

आज भएको भोजपुर र आयोजक चैनपुर विच भएको खेलमा आयोजकले विजयी सुरुवात गरेको छ । आयोजक चैनपुर नगरपालिकाले षडानन्द नगरपालिका भोजुरलाई १२–२ अंकले पराजित गर्दै विजयी यात्रा सुरु गरेका छन् । सङ्खुवासभा बहुमुखी क्याम्पस चैनपुरको खेल मैदानमा सुरु भएको प्रतियोगितामा १ नं. प्रदेश अन्तर्गत ८ जिल्लाका १२ ओटा नगरपालिकाको सहभागिता रहेको छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेले ३ लाख ३ हजार ३ सय ३३, दोस्रो २ लाख २ हजार, २ सय २२ र तेस्रो हुनेले १ लाख १ हजार १ सय ११ रुपैंया पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित समाचार