मेयर गोल्डकप अपडेटः पाँचखपन र धनकुटा दोश्रो चरणमा प्रवेश



फाईल फोटो ।

चैनपुर, बैशाख १६ गते । चैनपुरमा जारी चैनपुर मेयर गोल्डकप फुटबल प्रतियोगितामा ओखलढुंगाको सिद्धिचरणलाई टाइबेकरमा ४–२ गोलले हराउदै संखुवासभाको पाँचखपन नगरपालिका दोश्रो चरणमा प्रबेश गरेको छ । संखुवासभाको चैनपुरमा आईतबार भएको खेलमा पाँचखपन र सिद्धिचरण बीच निर्धारीत समयमा १-१ गोलको बरावरी रहेको थियो ।

पहिलो हाफको ७ औ मिनेटमा सिद्धिचरणका सुमन राईले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोश्रो हाफको ३० औ मिनेटमा पाँचखपनका मनिष घलेले गोल फर्काएर बराबरी बनाएका थिए । पाँचखपनमा नाइजेरीयन तीन खेलाडीहरु समावेस गरिएपछि पटकपटक गोल गर्ने अवशर उनीहरुले गुमाएका थिए । निर्धारित समयमा बराबरी भएपछि १५ मिनेट थप गरिएको समयमा गोल हुन नसकेपछि टाईबेकरमा पाँचखपन बिजयी भएको हो ।

आईतबार नै भएको अर्को खेलमा धनकुटा बिजयी भएको छ । धनकुटाले संखुवासभाको धर्मदेबीलाई ५–१ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा १ नम्बर प्रदेशका ८ जिल्लाको सहमागिता छ । प्रतियोगितामा संखुवासभाका खाँदबारी, चैनपुर, धर्मदेबी, पाँचखपन नगरपालिका, उदयपुरको बेलाका, भोजपुरको षडानन्द, धनकुटाको धनकुटा नगरपालिका, सुनसरीको दुहबी, ओखलढुंगा सिद्धिचरण, मोरङको उर्लाबारी र तेह्रथुमको म्याङलुङ नगरपालिकाको सहभागिता रहेको छ ।

खेलको दोश्रो दिन सोमबारको पहिलो खेल मादी नगरपालिका, संखुवासभा र म्याङलुङ नगरपालिका तेह्रथुम विच हुनेछ । दोश्रो खेल बेलाका नगरपालिका, उदयपुर र आयोजक चैनपुर नगरपालिका विच हुनेछ । प्रतियोगिताका बिजेताले नगद ३ लाख ३ हजार पाउने छ । उपबिजेताले २ लाख २ हजार पाउने छन् ।

सम्बन्धित समाचार