चैनपुर गोल्डकपः पाँचखपनद्वारा दुहवी सुनसरी पराजीत




संखुवासभा, बैशाख १८ गते । चैनपुरमा जारी मेयर कप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा पाँचखपन नगरपालिका सङ्खुवासभाले दुहवी नगरपालिका सुनसरीलाई ४–१ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा बराबरी १–१ गोलमा सिमित भएपछि टाईब्रेकरको आधारमा पाँचखपन नगरपालिका विजेता बनेको हो ।

पाँचखपन विजेता भएसँगै सेमि फाईनलमा प्रवेश गरेको छ भने पराजीत भएको दुहवी खेलबाटै बाहिरिएका छन् । आजको दोश्रो खेल खाँदबारी नगरपालिका सङ्खुवासभा र धनकुटा नगरपालिका विच हुँदै छ । अहिले शुन्य गोलको बराबरीमा खेलिरहेको खेलमैदानमा रहेका हाम्रा सहकर्मी मोहन राईले जानकारी दिएका छन् ।

खाँदबारी नगरपालिकाले बाई पाएर क्वाटर फाईनलको खेल खेलिरहेको छ भने, धनकुटाले धर्मदेवी नगरपालिकालाई पराजीत गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

सम्बन्धित समाचार