पाँचखपनका अध्यक्षको निजी खर्चमा विद्यार्थीलाई पुस्तक



पाँचखपन, वैशाख १९ गते । पाँचखपन नगरपालिका वडा नं. १ का वडाध्यक्ष टेक बहादुर बुढाथोकीले ३१ जना विद्यार्थीलाई निजी खर्चमा पुस्तक उपलब्ध गराएका छन् । सामुदायिक विद्यालयमा शैक्षिक उन्नतीका लागि अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउन बुढाथोकीले नगद २५ हजार बराबरको पुस्तक वितरण गरेका हुन् ।

उनले शिवोदय आधारभुत विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराउन पुर्व प्राथमिक कक्षाका १२ जना र १ कक्षाका १९ जना विद्यार्थीलाई पुस्तक वितरण गरेका हुन् । उक्त विद्यालयमा यो शैक्षिक शत्रमा पुर्वप्राथमिक र कक्षा १ मा अंग्रेजी माध्यमबाट पढाई सुरु गरिने र वर्षेनी २/२ कक्षामा थप गर्दै लैजाने बुढाथोकीले बताए । सामुदायिक विद्यालयको खस्कदो गतिविधिका कारण अग्रेजी माध्यम अपनाइएको उनी बताउछन् ।

सम्बन्धित समाचार