पाँचखपनको तीन वटा वडामा बिप्लपद्वारा पुनः तालाबन्दी




संखुवासभा, बैशाख २१ गते । संखुवासभाको पाँचखपन नगरपालिकाको वडा नम्बर १, २ र ३ मा नेतबिक्रम चन्द बिप्लप नेतृत्वको नेकपा समुहले तालाबन्दी गरेको छ । तालाबन्दी गरिएको वडाहरुमा जनताको चाहना विपरित काम गरिएको भन्दै तालाबन्दि गरेका हुन् ।

सनिवार राती तालाबन्दी र झण्डा गाडेसँगै उनीहरुले विज्ञप्ती पनि छोडेका छन् । कसैले ताला खोले भौतिक आक्रमण समेत गर्नसकिने विज्ञप्तीमा बताईएको छ । बन्द गरिएको ताला खोल्नको लागि जिल्लाबाट सुरक्षाकर्मी खटाएर घटना स्थल तर्फ हिँडिसकेको प्रसासन कार्यालयले जनाएको छ ।

यस अघि पनि वडा नम्बर ८ र ९ नम्बर वडा नखोल्नको लागि धम्की आएपछि हप्ता दिन भन्दा बढी कार्यालय बन्द भएको थियो ।

सम्बन्धित समाचार