खाँदबारीबाट यार्सागुम्बा सहित एक जना पक्राउ




सङ्खुवासभा, बैशाख २३ गते । खाँदबारी स्थित बसपार्क छेउबाट यार्सागुम्बा सहित एक जना पक्राउ परेको छ । आईतबार साँझ यार्सा सहित जुम्ला जिल्ला सुन्दरी गाउँपालिका–७ रौकायाका २६ बर्षिय नरबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

रोकायालाई संकास्पद अवस्थामा छानविन गर्दा उनको साथमा अवैध ८ सय ग्राम यार्सागुम्बा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । पक्राउ परेका रोकायालाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय बुझाईएको समेत खड्काले जानकारी दिनुभयो ।

रोकायाले राजश्व नतिरेको, छुट पुर्जी नलिएको र बन कार्यालयबाट अनुमति नलिएकोले अबैध रुपमा उनलाई नियन्त्रणमा लिनु परेको खड्काले स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार