क्षतीपुर्ती बापत पाँच लाख विभागमा माग्ने सहमती पछि खाँदबारी अस्पतालकाे बिवाद टुङ्गियाे



खाँदबारी, जेष्ठ ८ –तीन दिन देखि तनाव ग्रस्त बनेको जिल्ला अस्पताल खाँदबारीको विवाद समाधान भएको छ । मृतकका परिवारलाई नगद ५ लाख क्षतीपूर्ती दिलाउन नेपाल सरकार स्वास्थ्य मन्त्रालयसंग माग गर्ने र शिशुको दाहसंस्कारका लागि अस्पताल विकास समितिले नगद २५ हजार सहयोग गर्ने सहमती भएपछी विवाद समाधान भएको हो । आइतबार राती तीन महिने शिशुकोे थप उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएपछि मृतकका परिवार र आफन्तले अस्पतालको लापरबाहीले शिशुको ज्यान गएको भन्दै तनाव ग्रस्त भएको थियो । भोजपुर घर भई हाल खाँदबारी नगरपालिका ८ बस्दै आएका चन्द्र तामाङको छोरा राचन तामाङको आइतबार मृत्यु भएको थियो । अस्पतालको लापरबाहीका कारण बच्चाको ज्यान गएको भन्दै मृतकका परिवार र आफन्तले आइतबार राती देखि नै विरोध र नारावाजी गरेका थिए ।
बच्चालाई जेष्ठ १ गते जिल्ला जनस्वास्थ्यमा डिपीडी र पिसीभीको खोप लगाइएको थियो । बैसाख १२ गते लगाउनुपर्ने भए पनि खोप नभएका कारण जेष्ठ १ गते मात्र लगाइएको थियो । खोप लगाउने क्रममा स्वास्थ्यका कर्मचारीले बच्चाका आमालाई गाली गलौच गर्नुका साथै बच्चालाई खोप लगाउँदा रिसाएर दुई तीन पटक सिरीन्ज प्रयोग गरेको उनीहरु बताउँछन् । बच्चालाई खोप दिए पछी खोप दिएको ठाउँबाट रगत नरोकीए पछी स्वास्थ्यका कर्मचारीले आइसले सेक्न सल्लाह दिएका थिए । चिकित्सकको सल्लाह अनुसार गरिए पनि सोही दिन देखि खोप दिइएको स्थानमा सुन्निएर घाउ भएको तामाङले बताए ।

सम्बन्धित समाचार