हराईरहेको सोमबहादुर मृत्त फेला




सङ्खुवासभा, जेठ २० गते । जेठ १२ गतेदेखि हराईरहेको शिलिचोङ गाउँपालिका ३ ताम्कुका सोमबहादुर कुलुङ मृत्त फेला परेको छ । सिसुवाटार नजिकैको संखुवाखोला छेउबाट बेपत्ता भएपछि खोज्ने क्रममा आज दिउँसो शिलिचोङ ३ को जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

सोमबहादुर र एक युवती विचको प्रेम सम्बन्धमा समस्या आएपछि उनले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । शिलिचोङ २ का एक युवती विच लामो समयदेखिको प्रेममा तिक्तता आएपछि उनले आत्महत्या गरेको बुझ्न आएको ताम्कु प्रहरी चौकीले जनाएको छ ।

मृत्तक सोमबहादुर शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङको कान्छो भाई हुन् । मृत्तकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार