खोलामा बगेर चिचिलामा एकको मृत्यू



सङ्खुवासभा, जेठ ३१ गते । चिचिला गाउँपालिका २ ईम्चोङमा हिजो परेको अविरल बर्षपछि खोलामा आएको बाढीले बगाएर एक जनाको ज्यान गएको छ । बाढी सहितको खोला तर्ने क्रममा शिलिचोङ गाउँपालिका ४ का ३६ बर्षिय मनकुमार राईको ज्यान गएको हो ।

राई सदरमुकाम खाँदबारी आएपछि चिचिला गाउँपालिका स्थीत ईम्चोङ ससुराली पुगेका थिए । उनी स्थानीय हाँडी खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार