लागुऔषध विरुद्ध खाँदबारीमा प्रभातफेरी




संखुवासभा, असार १० गते । लागु औषधको दुरुपयोग र अबैध ओसारपसार विरुद्धको अन्तराष्टिय दिवसको अवसरमा प्रभात फेरीको आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभा र सामुदायिक प्रहरी सेवा केन्द्र संखुवासभाको संयुक्त आयोजनामा आज विहान प्रभात फेरि आयोजना गरिएको हो ।

प्रहरी, स्थानीय र नागरिक अगुवाहरुको सहभागितामा र्यालीले खाँदबारी बजारको परिक्रममा गरि प्रहरी चोकमा कोणसभामा परिणत गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष चक्रबहादुर विसुङ्केको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अम्बिका खवास प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै खवासले पछिल्लो समय युवाहरु लागुपदार्थको दुब्र्यसनीमा लागेको बताउनुभएको छ ।

लागुऔषधको दुरुपयोगमा युवाहरुलाई बचाउनको लागि विबिध जनचेतनामुलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा बोल्नुहुदै प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संखुवासभामा पनि छिटफुट रुपमा लागु औषध प्रयोगकर्ताहरु भेटिएको जानकारी दिनुभयो । तुलनात्मक हिसावले अन्य भन्दा गाजाको प्रयोगकर्ता बढी पाईएको उहाँले जानकारी दिनुभयो । जिल्लाको विभिन्न क्षेत्रहरुमा गाजा खेती पनी नष्ट गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विसुङ्केले जिल्लाबाट नै लागुऔषध उन्मुलन गर्नुपर्ने विचार ब्यक्त गर्नुभएको छ । लागु औषधको दुरुपयोग र अबैध ओसारपसार विरुद्धको अन्तराष्टिय दिवसको अवसरमा यही जेठ १२ गते दौड प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

सम्बन्धित समाचार