चैनपुरमा ३० युवाहरुलाई आधारभुत पत्रकारिता तालिम



उद्घाटन कार्यक्रममा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालका साथ केही सम्मानीत पुर्व पत्रकार र अतिथीहरु ।

चैनपुर, असार ९ गते । लालिगुराँस साप्ताहिक पत्रिकाको आयोजनामा पाँच दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । संखुवासभाका दशवटै स्थानीय तहका युवाहरुको सहभागितामा सनिबारबाट चैनपुरमा तालिम सुरु भएको हो ।

तालिमको हिजो एक कार्यक्रम विच उद्घाटन गरिएको छ । लालिगुराँस साप्ताहिकका सम्पादक पदम अधिकारीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै, पत्रकार महासंघ प्रदेश १ का संयोजक उद्धब तिम्सीना, जिल्ला न्यायधिस प्रकाश राउत, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी विशिष्ट अतिथी रहनुभएको थियो ।

उद्घाटन कार्यक्रममा पुर्व पत्रकारहरु कुमारबाबु अधिकारी, महेश थपलिया, श्याम सुन्दर उदास, भोलानाथ गौली, उमेश कुमार डाँगी र भरत कुमार शाक्यलाई सम्मान गरिएको थियो । त्यस्तै, कृयाशिल पत्रकारहरु गंगा विष्ट र दीपेन्द्र शाक्यलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
जिल्लाका स्थानीय तहबाट ३० जना युवाहरुलाई वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, उप प्राध्यापक प्रकाश आचार्य, ज्ञानेन्द्र निरौला, प्रदेश नं. पत्रकार महासंघ संयोजक उद्धव तिम्सिना लगायतले प्रशिक्षण गर्नेछन् ।

सम्बन्धित समाचार