तमू हयुल छोजधी संखुवासभालाई नगद सहयोग



संखुवासभा, असार २४ गते । पूर्वी पहाडी जिल्ला संखुवासभाको विभिन्न ठाऊँबाट प्रवास हङकङमा बसोबास गर्दै आएका संखुवासभाबासीहरुको साझा संस्था संखुवासभा तमू समाज हङकङले तमू हयूल छोजधीलाई नगद सहयोग गरेको छ ।

आईतबार एक कार्यक्रम माझ संखुवासभा समाज हङकङका पूर्वअध्यक्ष कर्ण कोरङ्गीले एक कार्यक्रममा तमू हयूल छोजधीका जिल्ला अध्यक्ष मित्रकुमार गुरुङ नगद एक लाख एक्काइस हजार छ सय पच्चिस रुपैया सहयोग हस्तान्तरण गरेका हुन । तमू जातीको साझा संस्था तमू हयूल छोजधी जिल्ला कार्यसमितिले बहुउद्धेश्य राखेर सदरमुकाम खाँदबारी सामुदायिक भवन निर्माण गरेको छ ।

उक्त भवन निर्माणका लागी हङकङमा रहेका तमू संस्थाहरुको पहलमा विभिन्न ब्यक्तिहरुबाट रकम संकलन गरेर तमू हयूलछोजधीलाई सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्र्दै समाजका पूर्वअध्यक्ष कोरङ्गीले तमू हयुल छोजधीले भवन निर्माणका साथै विभिन्न गतिविधीका साथै विभिन्न कार्यक्तमहरु गरेर तमू समाजका सचेतना फैलाउने काम गरेको भन्र्दै प्रसंसा गरे । उनले आगामी दिनहरुमा पनि यस्तै बहुउद्धेश्य राखेर जिल्लाका दुरदराजमा बसोबास गर्ने सबै जातीय समुदायहरुलाई समेटेर विभिन्न क्रियाकलाप गर्न अनुरोध समेत गरे ।

कार्यक्रममा बरुण बहुमुखी क्याम्पस प्रमुख तथा प्रज्ञा परिषदका सदस्य समेत रहेका टिकाराम गुरुङले तमू हयूलछोजधीले जिल्लाका विभिन्न ठाऊँ–ठाऊँमा पुगेर सचेतनामुलक गोष्ठी, अन्तरक्र्रिया र एकआपसमा अपनत्व र भाइचाराको सम्बन्ध कायम गराउन सफल हुर्दै गईरहेको बताए । गैरराजनितिक विशुद्ध सामाजिक संस्था यस्ताखाले कार्यक्रम गरिरहँदा ज्यार्दै फलदायी भएको उनले टिप्पणी गरे ।

तमू हयूल छोजधी विभिन्न सामाजिक गतिविधीहरुमा संलग्न हुर्दै सचेतनामुलुक कार्यक्रमहरु गर्दै आईरहेको छ । यो विशुद्ध सामाजिक संस्था भएकाले नै सबैको साथ र सहयोग मिलेको संस्थाका अध्यक्ष मित्रकुमार गुरुङले बताए । मित्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सचिव नवीन गुरुङले संचालन गरेका थिए ।

सम्बन्धित समाचार