खोलामा डुबेर बृद्धाको मृत्यू



सङ्खुवासभा, असार २९ गते । सभापोखरी गाउँपालिका २ धुपुमा खोल्साको पानीमा डुबेर एक बृद्धाको मृत्यू भएको छ । शुक्रबार साँझ ९२ बर्षिय लोकमाया राईको खोल्साको पानीमा डुबेर मृत्यू भएको हो ।

राई छोरीको घरबाट केही समय गाउँ डुल्न जान्छु भन्दै निस्केको थियो । लामो समयसम्म घर नफर्किएपछि खोज्ने क्रममा घर नजिकै रहेको खोल्सामा मृत्त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सहितको टोली गएर पोष्ट मार्टमको लागि शव जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम सारुमगरले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार