अजय अलंकारको म्युजिक भिडियो बजारमा




काट्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक कार्यक्रम आयोजना गरि उक्त भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोलाई अलंकारकी आमा ७७ बर्षिया आफ्नै आमा फैलिमाया कुलुङको हातबाट सार्वजनिक गरिएको हो । अलंकारले आफ्नै गीति एल्बम सानिवा को शिर्ष गीत सानिवा खाप्चाए बोलको गीतको म्युजिक भिडियो बनाएका हुन् । अलङ्कारले यस गीतलाई २०७१ सालमै आफ्नो पाँचौ कोशेली स्वरुप बजारमा ल्याईसकेका थिए । भाषाभाषीको गीत भएको कारण अरुले भिडियो नगर्ने र आफैले नै आर्थिक लगायतका अन्य प्राविधिक पक्षको पनि ब्यवस्थापन गर्नुपरेको बताउनुभयो ।

यस गीतमा शब्द सङ्गीत अजय अलङकार कुलुङ स्वयंको रहेको छ भने पबिधन खालिङले एरेन्ज गरेका छन । आभा मुकारुङको स्वर रहेको यस गीतमा रिना लिम्बू , सृजन कुलुङ, फैलीमाया कुलुङ (अजयको आमा) र, अजय अलङकार स्वयंले अभिनय गरेका छन् । भिडियोको छायांकन दिपक चाम्लिङले गरेका छन, भने सम्पादन सृजन कुलुङले गरेका हुन । भिडियोको निर्देशन अजय अलङकार र दिपक चाम्लिङ दुवै जनाले गरेको सो म्युजिक भिडियो महाकुलुङ टेलिभिजनबाट बजारमा ल्याईएको हो ।

https://www.youtube.com/watch?v=hU5zYPjCmRI

सम्बन्धित समाचार