प्रियंका र प्रमोदको बोल्ड भिडियो, आफ्नै भिडियो हेरेर लजाए नायक (भिडियो सहित)



काठमाडौं । संगिता श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्म कथा काठमाडौंंको एउटा गीतले यति खेर बजार तताएको छ । गायिका इन्दिरा जोशीको स्वर रहेको ‘रातको कुरा’ बोलको गीतमा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ ।

गीतको भिडियोमा प्रमोद र प्रियंका निकै हट देखिएका छन् । दुइको अन्तरंग दृश्यलाई कोरियोग्राफर संगीता श्रेष्ठले कलात्मक ढंगले पस्कीएकी छिन् । फिल्ममा काठमाडौंलाई कर्मथलो बनाएकाहरुको कहानीलाई समाबेस गरीएको छ । यस अघि नै बोल्ड नायिकाको छबी बनाईसकेकी प्रियंकासँग भर्खरै सिने क्षेत्रमा उदाउँदै गरेका नायक प्रमोदले बोल्ड दृश्य गरेका छन् ।

आईतवार गीतको प्रिमियर शोमा जव गीत प्रदर्शन गरीयो त्यसपश्चात हलमा उपस्थीत पत्रकारहरुको प्रश्नमा नायक प्रमोद लाजले अप्ठेरो मान्दै जवाफ दिईरहे।

थियटरबाट कमेडी र भिलेनको भूमिका निभाउँदै आएका प्रमोदले प्रियंका सँग गीतमा निभाएको अभिनय हेरीसके पछि नेपाली फिल्मको गीतमा पनि यस्तो बोल्ड अभिनय भन्ने जस्ता प्रतिक्रियाहरु आउन थालेका छन् ।

सम्बन्धित समाचार