तमू ह्युल छोजधींलाई पचास हजार बराबरको जिन्सी सहयोग




संखुवासभा, साउन ९ गते । पूर्वी पहाडी जिल्ला संखुवासभामा तमू (गुरुङ) जातिहरुको साझा जातीय संस्था तमू ह्यूलछोजधीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमितिको सामुदायिक भवनलाई पचास हजार बराबरको टेवल सहयोग प्राप्त भएको छ ।

खाँदबारी नगरपालिका–१० हेलुवा भई हाल खाँदबारी नगरपालिका–४ पाङ्मामा हिमालयन हरेलोछ्याङकुटी भेनियर काष्ठ उद्योग संचालकका अध्यक्ष शेरबहादुर गुरुङले सहयोग गरेका हुन् । मंगलबार एक कार्यक्रमको आयोजना गरि टेवल हस्तान्तरण कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा दाता शेरबहादुरलाई जिल्ला कार्यसमितिले खादा लगाएर सम्मान गरेका थिए ।

जातीय संस्थाको रुपमा विभिन्न सचेतनामुलक र आदिवासी जनजातिहरुको हकअधिकारका बारेमा लागी रहेको संस्थाको सामुदायिक भवनमा टेवलको अभाव देखेपछि १० थान टेवल सहयोग गरेको शेरबहादुरले बताए । तमू (गुरुङ)हरुको जिल्लास्तरमा सदरमुकाम खाँदबारीमा बनेको नवनिर्मित भवनमा जिल्लाभित्र र बाहिरका धेरै समाजसेवी दाताहरुको सहयोगले भवन निर्माण भएको जिल्लासचिव नवीन गुरुङले बताए ।

उक्त भवनमा कार्यक्रम संचालनका लागी सभाहल, तालिमगोष्ठी र सेमिनार गर्न सकिने ब्यबस्था छ । त्यसका साथ्र अन्य विभिन्न बहुउद्धेश्य राखेर भवन निर्माण गरेको र ग्रामीण दुरदराजका सर्वसाधारणहरु सदरमुकाम आएको समयमा बिरामी पर्दा र आपतकालिन अवस्थामा निःशुल्क रुपमा खान बस्ने योजना बनाएको समेत जिल्ला अध्यक्ष मित्रकुमार गुरुङले बताए । सेवा नै धर्म हो भन्ने उद्धेश्यले भवनको निर्माण गरिएको अध्यक्ष गुरुङको भनाई छ ।

सम्बन्धित समाचार