खोला तर्ने क्रममा दुईको मृत्यू



सङ्खुवासभा, साउन १९ गते । जिल्लाको फरक समय र स्थानमा खोला तर्ने क्रममा दुई जनाको मृत्यू भएको छ । गाउँकै खोला तर्ने क्रममा सभापोखरी गाउँपालिका ६ का ३० बर्षीय टंकीमाया तामाङ र चैनपुर नगरपालिका ४ का बर्ष ५५ का खड्गबहादुर लिम्बुको मृत्यू भएको हो ।

तामाङको बिहिबार माईतबाट फर्किने क्रममा स्थानीय सिम्चुवा खोलामा चिप्लिएर ढुङ्गामा पछारिएपछि मृत्यू भएको थियो । त्यस्तै, लिम्बुको पनि शुक्रबार स्थानीय ठेकुवा खोलामा चिप्लिएपछि ढुङ्गामा बजारिएर घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै घटना खोला तर्ने बाटोमा लेउ लागेको चिप्लो ढुङ्गाबाट चिप्लीएर तल्तिरको अर्को ढुङ्गामा पछारिएको अवस्थामा शव भेटिएको प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

लिम्बु घर नफर्किएपछि उनको परिवारले खोज्ने क्रममा मृत्त अवस्थामा फेला पारेको थियो भने तामाङ घटना स्थल नजिकैको एक ब्यक्तिले लडेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरि शवको पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार