नेपाल महिला संघ सङ्खुवासभाद्वारा फलफुल वितरण




सङ्खुवासभा, साउन २४ गते । नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघको ७१ औं स्थापना दिवसको अवसरमा मनकामना बृद्धाश्रमका बृद्धबृद्धाहरु र गुरुकुलका बटुकहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल महिला संघ संखुवासभाले आज मनकामनामा एक कार्यक्रम आयोजना गरि फलफुल वितरण गरेको हो ।

महिला संघका नेतृहरु र नेपाली कांग्रेस सङ्खुवासभाका नेताहरुको उपस्थितीमा आयोजित कार्यक्रममा मनकामना बृद्धाश्रमका बृद्धबृद्धाहरुको दिर्घायुको कामना गरेका थिए । कार्यक्रममा बोल्नुहुँदै नेपाल महिला संघ सङ्खुवासभाका अध्यक्ष निरु तामाङ् बस्नेतले अशक्त बृद्धबृद्धाहरुको हेरचाह गर्ने ब्यवस्था हुनु पर्ने बताउनुभएको थियो । त्यसको लागि स्थानीय तह र बृद्धाश्रम ब्यवस्थापन समितिसँग छलफल गर्ने बताउनुभएको थियो ।

फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेसका सङ्खुवासभा सभापति दीपन कुमार श्रेष्ठ, कोषाध्यक्ष छत्रमणी काफ्ले, क्षेत्रिय सभापती उमेश चौहान, नेपाल शिक्षक संघका उपाध्यक्ष शेरबहादुर पराजुली लगायतको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा खाँदबारी नगरपालिकाका जनप्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार