चैनपुरमा भुस्याहा कुकुरको आतंक बढ्दो



चैनपुर, भदौ २ गते । सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं. ६ लगायत नगर क्षेत्रहरुमा छाडा भुस्या कुकुरको आतंक बढेको छ । भुस्यहा कुकुरले बाटो हिड्ने मानिसहरुलाई टोक्न थालेपछि कुकुरको त्रास फैलिएको हो ।

रेविज विरुद्धको खोप समेत नलगाएको वेवारिसे कुकरहरुले नागरिकहरुलाई टोक्दा खतरा खतरा बढेको छ । नगरका विभिन्न ठाउँहरुमा समुह बनाएर घुमफिर गर्ने ती कुकुरहरुले मानिसलाई देख्नेवित्तिकै टोक्न जाइलाग्ने गरेको स्थानीय नागरिकहरुले बताउने गरेका छन् । खेतवारी, बजार, सडक, बनजंगल लगायतका स्थानहरुमा भुस्या कुकुरहरु बाक्लो संख्यामा डुल्ने गरेको छ ।

उक्त कुकुरहरुले गएको एक हप्ता भित्र चार जना मानिसहरुलाई टोकिसकेको छ । कुकुरको टोकाइबाट घाइतेहुनेहरुमा चैनपुर नगरपालिका वडा नं. ५ का विद्या राईलाई स्थानीय मकैवारीमा घास काटीरहेको अवस्थामा कुकुरले टोकेको हो । त्यस्तै, शारदा मावि पोखरीका शिक्षक योगेन्द्र डाँगी, चैनपुर ६ का दिपेन्द्रमान शाक्य समेतलाई भुस्याहा कुकुरको टोकिसकेको छ । सडकमा गुडेको मोटरसाइकललाई समेत आक्रमण गर्दै आएको कुकुरबाटबच्नको लागि हातमा लट्ठी बोकेर हिड्नु परेको स्थानीय उमेश मुग्रातीले वताउनुभयो ।

कुकुरहरु नियन्त्रणमा राख्न नसके थप दुर्घटना निम्तिन सक्ने भन्दै सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने स्थानीय नागरिकहरुको माग छ । भुस्या कुकुरहरुको नियन्त्रणका लागि पशुसेवा कार्यालय र नगरपालिकाले चासो दिनुपर्ने सङ्खुवासभा बहुमुखी क्याम्पस चैनपुरका उप प्राध्यापक टेकराज त्रितालको भनाई छ ।

सम्बन्धित समाचार