लोहोरुङ भाषाको पुस्तक पाङ्लुमको विमोचन




संखुवासभा, २ भदौ गते । संखुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मामा बसोबास गर्ने लोहोरुङ राईहरुले आफ्नो मातृभाषामा पाङ्लुम (आँगन) नामक साहित्यिक कृतिको विमोचन गरिएको छ ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले एक कार्यक्रम माझ पुस्तकको विमोचन गरे । पुस्तकको विमोचन गर्दै कार्यक्रमका प्रमुख अवस्थीले किराँत राई भित्रको उपथर लोहोरुङ भाषीहरुले आफ्नो मातृभाषामा पुस्तक तयार गरेर लोहोरुङ भाषी समुदायमा उदाहरणीय काम गरेको भन्दै प्रसंसा गरे । उनले सबैले आफ्नो भाषाको संरक्षण सबद्र्धन गर्न आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा भाषा आयोगका प्रा.डा. माधवप्रसाद पोखरेल, साहित्यकार श्रवण मुकारुङ, भाषा आयोगका पूर्व उपसचिव झुमप्रसाद राई, प्रा.डा. प्रेमकुमार खत्री लगायतका बक्ताहरु पुस्तकका बारेमा टिप्पणी गरेका थिए ।

लोहोरुङ राई समाज केन्द्रीय कार्यकारिणी समितिका महासचिव भवानीप्रसाद राई, अञ्जु राई र जयकुमार राई लगायतका एक दर्जन सर्जकहरुले लोहोरुङको भाषामा गहिरो अनुसन्धान गरेर पुस्तक तयार पारेको हो । मातृभाषाको संरक्षण र नयाँ पुस्ताका लागी स्रोत सामग्री हुने उद्धेश्यले पुस्तक लेखिएको पुस्तकका लेखक तथा सम्पादक जयकुमार राईले जानकारी दिए ।

सम्बन्धित समाचार