मेयर सहितको वार्ता वस्ने सहमतिपछि मादी नपाको ताला खोलीयो



संखुवासभा, भदौ १३ गते । संखुवासभा जिल्लाको मादी नगरपालिका कार्यालयमा गत मंगलबार लगाइएको ताला खुलेको छ । नगरपालिकाको ओखरबोटे हुँदै मंगलबारे जाने सडकको उपभोक्ता समिति अवैधानिक भएको भन्दै कांग्रेसका स्थानीय कार्यकर्ताले लगाएको ताला बुधबार दिउसो खुलेको हो ।

बुधबार नगरपालिका कार्यालयमा उपप्रमुख उर्मीला सुवेदि, कांग्रेसका नेताहरु र स्थानीय सरोकारवालाहरुको सहभागितामा बसेको बैठकले मेयरको उपस्थितीमा अर्को वार्ता गर्ने सहमती भएपछि ताला खोलिएको हो । मादी नगरपालिकाका नगरप्रमुख विदुर लिङ्थेप अहिले काठमाडौमा हुनुहुन्छ । नगर प्रमुखको उपस्थितीमा वार्ता नभईजेलसम्मको लागि सो समिति निस्कृय रहेने समेत निर्णय भएको नेपाली कांग्रेस संखुवासभाले जनाएको छ ।

हाल काठमाडौ रहेका नगर प्रमुख लिङ्थेपले भने आफूहरूले बनाएको समिति वैधानिक र सर्वपक्षीय भएको दाबी गरेका छन् । तर उपभोक्ताहरूको हितमा नहुने गरि एकपक्षिय समिति भएकोले उक्त समिति खारेज नभएसम्म विरोध गरिरहने कांग्रेस नेताहरुको भनाई छ । मादीको ओखरबोटे हुँदै मंगलबारे जाने सडक निर्माणका लागि नगरपरिषदले ५४ लाख रुपैयाँ विनियोजन गरिएको छ । सो बजेटबाट १८ किलोमीटर सडक निर्माण गर्न गत साउन महिनामा समिति गठन भएको थियो ।

सम्बन्धित समाचार