चिचिला गाउँपालिकाद्वारा एकै पटक २८ शिक्षक नियुक्त




सङ्खुवासभा, भदौ ३० गते । चिचिला गाउँपालिकाले चालु शैक्षिक सत्रको लागि एक बर्षे करार सेवामा २८ जना शिक्षकहरु नियुक्त गरेको छ । गाउँपालिकाको अनुदान कोटामा विभिन्न तहको लागि एकै पटक परिक्षा गराई भारी संख्यामा शिक्षक नियुक्त गरेको हो ।

खुल्ला प्रतिष्पर्धाबाट प्रावि तहको लागि २ जना, आधारभुत तहको लागि १८ र माध्यमिक तहको लागि ८ जना छनौट गरेका छन् । छनौट भएकाहरुलाई केही दिनमा नियुक्ती पत्र दिई जिम्मेवारी दिईने गाउँपालिका प्रमुख पासाङ नुर्व शेर्पाले जानकारी दिनुभयो । जम्मा २९ विज्ञापन खुलाईएकोमा मावि तह नेपाली विषयमा आवेदन परेको थिएन । २८ कोटाको लागि एक सय ३९ जनाले आवेदन दिई प्रतिष्पर्धा गरेका थिए ।

सम्बन्धित समाचार