किर्ते आरोपमा दुईजना पक्राउ




सङ्खुवासभा, असोज ९ गते । सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नगदि रसिद बनाई जिल्ला समन्वय समितिको छाप प्रयोग गरिएको भन्दै प्रहरीले षडानन्द नगरपालिका भोजपुरका सौरज तामाङ र भोटखोलाका दावा भोटेलाई पक्राउ गरिएको हो ।

तामाङले सभाखोलामा निकाशी कर उठाउने क्रममा प्रहरीले चेक जाँच गर्दा जिल्ला समन्वय समितिको छाप प्रयोग गरिएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङलाई अनुसन्धान गर्ने क्रममा भोटेले सङ्कलन गर्न लगाएको पाईएपछि दुवै जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको हो । भोटेले यस आर्थिक बर्षको लागि जिल्ला समन्वय समिति मार्फत निकासी करको ठेक्का पाएका थिए । उनले ठेक्का पाएपनि जिसससँग सम्झौता नगरि बिल र छापको प्रयोग गरेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको भनाई छ ।

पक्राउ परेका भोटेले देउराली निर्माण सेवा मार्फत निकासी करको ठेक्का पाएका थिए । सम्झौता नगरि रसिद काटेको भोलिपल्ट नै सम्झौता गरि जिल्ला समन्वय समितिले छाप सहितको आधिकारिक बिल ठेकेदारलाई उपलब्ध गराईसकेको छ ।

सम्बन्धित समाचार