सिलिचोङमा बृहद साँस्कृतिक कार्यक्रम हुने




ताम्कु, असोज ११ गते । आउँदो दशैको अवसरमा सिलिचोङ गाउँपालिका ३ मा बृहद् साँस्कृतिक कार्यक्रम हुने भएको छ । सिलिचोङ सरोकार मञ्चको आयोजनामा असोज २८ गते ताम्कुमा कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा कलाकारहरु, निकेश राई, पबित्रा तामाङ, भुपेन्द्र कुलुङ, पुस्कर कुलुङ र रिद्धिमा कुलुङले प्रस्तुति दिने छन् । कार्यक्रममा प्रतियोगितात्मक कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ । यस पटक गायन र नृत्यमा प्रतिस्पर्धाको कार्यक्रम राखिएको कार्यक्रम संयोजक सवित कुलुङले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताहरुले आकर्षक नगद र प्रमाणपत्र पाउने उहाँले बताउनुभयो ।

कार्यक्रम सञ्चालन गर्नको लागि विभिन्न ब्यावसायी तथा ब्यक्तिहरुको प्रायोजन तथा सहयोग मिलेकोले सहज हुने कुलुङको भनाई छ । यस बर्ष विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम मात्र राखिएपनि अर्को बर्षदेखि मौलिकता बोक्ने साँस्कृतिक कार्यक्रम राख्ने योजना रहेको आयोजकको भनाई छ ।

सम्बन्धित समाचार