भोजपुरको घोरेटार र वालखांको पसलबाट म्याद सकिएका सामाग्री बरामद



भोजपुर । भोजपुरको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकाको घोरेटार बजारबाट ९० हजार बराबरको म्याद गुज्रिएको सामान बरामद भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा भएको अनुगमनका क्रममा १७ वटा किराना पसलबाट ति सामान बरामद भएका हुन् ।

बिस्कुट, चक्लेट, चिसो पेय पदार्थ लगाएतका सामाज उपोभग मिति सकिएर पनि बेच्न राखेको पाइएको हो । अनुगमनका क्रममा ४ वर्ष अगाडि म्याद सकिएको सामान समेत भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै, आमचोक गाउँपालिका वडा नं ४ वालंखामा रहेको किराना पसलको पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा २० वटा पसलबाट १५ हजार बराबरको सामाग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

सम्बन्धित समाचार