भोजपुरमा ६ हजार बढी गाजा नष्ट



फाईल फोटो

भोजपुर, असोज १४ गते । प्रहरीले २४ रोपनी क्षेत्रमा खेती गरिएको लागुऔषध गाँजा नश्ट गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिकाको वडा नं ८ पात्लेपानी, वडा नं ९ हसनपुर र आमचोक गाउँपालिकाको वडा नं ८ दुम्मानामा २४ रोपनी क्षेत्रफलमा खेति गरिएको ६ हजार १ सय ४४ वोट गाँजा नश्ट गरेको हो ।सो क्षेत्रमा गाँजा खेति भइरहेको छ,भन्ने विषेश सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीको टोलीले दुई दिन लगाएर नश्ट गरेको हो ।

प्रहरीले हतुवागढी गाँउपालिका अन्र्तगत भक्त वहादुर राईको ११ रोपनी क्षेत्रफलमा रहेको २२ सय ३३ वोट, धनपाली राईको ३ रोपनी क्षेत्रफलमा रहेको २ सय ५५ वोट, मान वहादुर राईको १ रोपनी क्षेत्रफलमा रहेको १ सय ५ वोट, हजारमान राई र लाटीमाया राईको आधा÷आधा रोपनीमा लगाएको ७५ र ४६ वोट गाँजा नश्ट गरेको हो।

तस्तै आमचोक गाउँपालिकाका थिर वहादुर विकले ६ रोपनी क्षेत्रफलमा लगाएको ९ सय १६ वोट, जीतमान राईले ११ रोपनी क्षेत्रफलमा रहेको २ हजार ५६ वोट र लाल वहादुर सार्कीले ३ रोपनी क्षेत्रफलमा ४ सय ५८ वोट नश्ट गरेको हो । प्रहरीले जिल्लाको विभिन्न ठाउँमा लगाएको गाँजा नश्ट गर्ने अभियान नै सञ्चालन गरेर काम गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक केशव थेवेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार