धनकुटामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु



धनकुटा, साउन १५ गते । धनकुटामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १० आहालेको तम्राङबाट धरानतर्फ गइरहेको को १ ज १८२१ नम्वरको जिप साँगुरीगढी गाउँपालिका–९ हर्दियामा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा साँगुरीगढी गाउपालिका–१० आहालेकी ३९ वर्षीय सममाया राई र पाँचथर घरभई हाल सोही ठाउँमा वस्दै आइरहेकी ६१ बर्षीय माया सुनुवार रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परि घाइते भएका १४ जनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको ट्राफिक प्रहरी प्रमुख खड्काको भनाई छ । जिप दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको बताईएको छ ।

सम्बन्धित समाचार