सिमसार क्षेत्रमा भगवान शिव जी को मूर्ति स्थापना



धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ४ को पर्यटकीय स्थल तथा पीकनिक स्पोर्ट श्री संसारीमाई सिमसार क्षेत्रमा भगवान शिव जी को मूर्ति स्थापना गरिएको छ ।

प्रदेश संषद कुसुम कुमारी श्रेष्ठको संषद विकास कोषवाट प्राप्त र संसारीमाईपूजा सिमसार क्षेत्र संरक्षण समितिको गरि जम्मा १० लाख ७५ हजार वरावरको लगानीमा झण्डै १८ फुट अग्लो शिवजीको मूर्ति निर्माण गरिएको समितिका अध्यक्ष ज्ञान वहादुर गुरुङले जानकारी दिनुभयो । यो मूर्ति निर्माण भएसंगै यहाँ थप पर्यटकहरुको आकर्षण वढ्ने अपेक्षा गरिएको छ ।

२५ रोपनी क्षेत्रफलमा फैलिएको यो सिमसार क्षेत्रमा यस अघि नै भगवान गौतम वुद्धको मूर्ति पनि वनाईसकिएको छ । यस सिमसार क्षेत्रमा वोटीङ गर्न,पीकनिक खान र चिया वगानको हरियाली दृष्यको अवलोकन गर्न सकिन्छ । यहाँ कहि समय पछि वन्य जन्तुहरुको पनि अवलोकन गर्न पाउने व्यवस्थाको तयारी भईरहेको समितिले जनाएको छ ।शिवको मूर्तिमा आजवाट रंग रोगन गर्न थालिएको समितिका सदस्य श्याम प्रकाश राईले वताउनुभयाे । मूर्ति निर्माणकाे पूरा काम असार अन्तिम सम्म सकिने समितिले जनाएकाे छ ।

सम्बन्धित समाचार