भोजपुरमा श्रीमतीको हत्या गर्नेलाई १० वर्ष जेल



भोजपुरमा श्रीमतिको हत्या गर्ने एक व्यक्ति जेल चलान भएका छन् । जिल्ला अदालत भोजपुरले श्रीमतीलाई कुटपीट गरी हत्या गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका वडा नं – ३ चौकिडाँडाका पुक्ष्प भन्ने हर्क बहादुर राईलाई १० वर्ष कैद सजाएको फैसला गरेको हो ।

राईलाई कतव्र्य ज्यान मृद्दामा जिल्ला अदालत भोजपुरका न्यायाधिस हरिशचन्द्र इङनामको एकल इजालसले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नम्बर बमोजिम १० वर्ष कैद फैसला गरेको हो । राईले गत जेठ १९ गते राती श्रीमती मेनुका राईलाई कुटपीट गरी हत्या गरेका थिए ।

सम्बन्धित समाचार