राहत शिक्षक नगर कमिटी खाँदबारीको अध्यक्षमा पराजुली




खाँदबारी, असोज १७ गते । खाँदवारी नगरपालिका भित्रका राहत अनुदान कोटामा कार्यरत शिक्षकहरूको भेलाले निराकार पराजुलीको नेतृत्वमा नगर कमिटी गठन गरेका छन् । आदर्श माध्यमिक विद्यालय पिप्लेमा कार्यरत पराजुलीको अध्यक्षतामा ९ सदसिय कमिटी गठन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा अनिता कार्की, सचिबमा शिशिर पोख्रेल र कोषध्यक्षमा प्रकाश घले चयन भएका छन् । त्यस्तै अन्य सदस्य रहेका छन् । विभिन्न माग राखेर आन्दोलन समेत गर्दै आएका राहत अनुदान कोटाका शिक्षकहरुले सङ्खुवासभाका १० वटै स्थानीय तहमा १ महिनाभित्र कमिटि गठन गर्ने लक्ष्य अनुसार कमिटी गठन गर्दै आएको जिल्ला कार्य समिति सङ्खुवासभाका संयोजक देवराज गिरीले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार