नेकपा संखुवासभाको कार्यालय उद्घाटन




संखुवासभा, असोज २२ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा संखुवासभाको कार्यालय एक कार्यक्रम आयोजना गरि उद्घाटन गरिएको छ । आईतबार खाँदबारी १ पोखरी बजारमा रहेको साविक नेकपा एमालेको भवनमा नेकपा सङ्खुवासभाको भवन उद्घाटन गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टि एकिकरण कार्यदलका सदस्य हेमराज घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रमलाई कार्यदलका सदस्य खड्गबहादुर राईले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै कार्यदलका संयोजक एवं संघिय सांसद राजेन्द्र गौतमले हिजोसम्म छुट्टाछुट्टै कार्यालयमा बस्दै आएको दुई ठुला कम्युनिष्ट शक्तिहरुले एकै ठाउँबाट सम्पुर्ण कार्यहरु गर्ने बताउनुभयो । हिजोका दुई ठुला शक्तिहरु आज एक भएसँगै जिल्लाका नागरिकहरुले पनि विकासको अनुभुति गर्न थालेको समेत उहाँले दावी गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै सांसद गौतमले हाल जिल्लामा भईरहेको विकास गतिविधीहरुको अवस्थाको बारेमा पनि जानकारी गराउनुभएको थियो । हिजो मात्र अरुण तेश्रोको स्थलगत अनुगमनमा पुगेको बताउनुहुँदै निर्माण कार्यले तिब्रता लिएको बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका अध्यक्ष हेमराज घिमिरेले अब केही दिनमा जिल्लाका सवै स्थानीय तहहरुमा पनि समिति बनाईसक्ने दावी गनुएभयो ।

सम्बन्धित समाचार