भोजपुरको हतुवागढी गाउँपालिकाले घरघरमा भत्ता बाँढ्दै



भोजपुर, असोज २२ गते । भोजपुरको हतुवागढी गाउँपालिकाले घर घरमा पुगेर सामाजिक सुरक्षा भक्ता वितरण गरेको छ । गाउँपालिकाले असक्त, असाय तथा वृद्धवृद्धाहरुलाई ध्यानमा राखेर घरघरमा पुगेर भक्ता वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनु भयो ।

गाउँपालिकाको ९ ओटा वडा मै घरघरमै पुगेर भक्ता तिवरण शुरु भईररहेको गाउँपालिकाका सुचना अधिकारी कुमार विष्टले जानकारी दिनु भयो । हाल सम्म करिव ९० प्रतिशत वितरण कार्य सम्पन्न भएको विष्टको भनाई छ । समाजिक सुरक्षाको लागि आएको १ करोड ५३ लाख वजेट मध्ये १ करोड ३५ वितरण भएको गाउँपालकाले जनाएको छ । प्रत्येक वडाका अध्यक्ष, वडा सचिव तथा अन्य जनप्रतिनिहरु भक्ता वितरण कार्यमा जुटेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार