भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यू



भोजपुर, असोज २६ गते । भोजपुरको ट्याम्केमैयुम गाउँपालिकाबाट खोटाङ्गको खोटेहाङ्ग गाउपालिका तर्फ किराना सामान लिएर जाने क्रममा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

भोजपुरको ट्याम्केमैयुम गाउँपालिका ९ लेखर्कको बलौटे भञ्ज्याङ स्थित भित्री सडकखण्डमा भोजपुरको पान्धारेबाट किराना सामान लोड गरी खोटाङको खोटेहाङ गाउँपालिका २ वाप्लुखा तर्फ जादै गरेको को २ त ४६१८ न.को ट्याकटर दुर्घटनामा परेको हो । ट्याक्टरको ट्रलिमा सवार खोटाङको खोटेहाङ गाँउपालिका २ वाप्लुखा बस्ने ३२ वर्षिया निङल्हामु शेर्पाको ट्याक्टरबाट ओर्लने क्रममा अनियन्त्रित भएर ढुङगामा ठोकिन पुग्दा मृत्यु जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार