सहयोग संकलन गरि साउण्ड सिस्टम खरिद



सङ्खुवासभा, असोज २८ गते । संखुवासभा सिलिचोङ गाउँपालिका ४ मांतेवाको जौलेटोलमा स्थापित मिर्मिरे युवा क्लवलाई साउण्ड सिष्टमका सामग्रीहरुको सेट प्राप्त भएको छ । स्थानीय तीन जना युवाहरुको पहलमा हालै साउण्ड सिष्टमको सेट खरिद गरि हस्तान्तरण गरिएको हो ।

मांतेवा घर भई छुट्टा छुट्टै स्थानमा बस्दै आएका रमेश राई, तेजिन्द्र राई र राजेन्द्र राईको पहलमा देश विदेशमा रहेको नेपालीहरुबाट रकम सङ्कलन गरेर सामग्री खरिद गरिएको हो । एक लाख ३१ हजार रुपैयाँको लागतमा खरिद गरिएको सामग्री हालै गाउँ पुराईएको अभियान्ता तेजिन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार मिक्सचर १ थान, एप्ली फायर १ थान, स्टाण्ड सहित माईक्रो फोन ३ थान, मोनिटर एक थान, स्टयान्ड सहित साउण्ड बक्स दुई थान र तारहरु खरिद गरिएको छ । उक्त सामानहरु खरिद गर्नको लागि ३६ जना भन्दा बढीले सहयोग गरिसकेको उहाँले बताउनुभयो ।

प्राप्त साउण्ड सिष्टमबाट गाउँमा कार्यक्रम सञ्चालन गर्न सहजता मिलेको क्लवका अध्यक्ष नरभुपाल कुलुङले बताउनुभयो । अध्यक्ष कुलुङले सम्पुर्ण दाताहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

सम्बन्धित समाचार