अर्थमन्त्री खतिवडा संखुवासभा आउदै




सङ्खुवासभा, कातिक १८ गते । अर्थमन्त्री युवराज खतिवडा आज (आईतबार) संखुवासभा आउदै हुनुहुन्छ । करदाता सेवा कार्यालय खाँदबारी शाखाको उद्घाटन गर्नको आईतबार दिउँसो खाँदबारी आउन लाग्नुभएको हो ।

आज दिउसो १ बजे हवाईजहाजबाट तुम्लिङटार ओर्लनुहुनेछ । त्यसपछि आजै करदाता सेवा कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रमपछि कार्यालय प्रमुखहरुसँगको भेटघाट तथा निर्देशन, अरुण तेश्रोको बारेमा जानकारी लिने, लगायतका कार्यक्रमहरु तय गरिएको छ ।

भोली विहान अन्तर पार्टीहरुसँगको भेटघाट, जनप्रतिनीधिहरुसँगको छलफल र पत्रकार सम्मेलन गरि विहान १०ः३० बजे जहाजबाट काठ्माण्डौ फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचार